धान दिवस औपचारिकतामा मात्र सीमित : अव्यवस्थित प्लटिङ व्यवसायले उर्वर भूमि मरुभूमिमा परिणत


बेलबारी, १६ असार । नेपाल विश्वका विभिन्न धान उत्पादन गर्ने राष्ट्रमध्ये १७ औँ स्थानमा परे पनि यहाँ वर्षेनी लाखौँ मेट्रिक टन धान तथा चामल बाहिरबाटै आयात हुने गर्छ । 

यो वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशैभर विविध कार्यक्रमहरूका आयोजना गरिएको छ । असार महिना कृषिकर्म गर्नेका लागि विशेष दिन हो । असार १५ लाई अझ एक पर्वकै रूपमा मनाउने हाम्रो चलन रहिआएको छ । तर एक दिन विशेष उत्सव गरेर बाँकी दिन चाहिँ हिलोमा नजाने हो भने यो दिवस औपचारिकतामा मात्र सीमित नहोला भन्न सकिन्न ।

सुन्दरहरैँचामा रहेको राधेश्याम सेवा ट्रस्ट नयाँ बृद्धावन गौशालाले गतवर्ष झैँ यसवर्ष पनि विविध कार्यक्रम गरे १८ औँ धान दिवस मनायो । औपचारिकतामा रमाएको हाम्रो पछिल्लो पुस्तालाई खेतीको अनुभवसमेत प्रदान गर्ने उद्देश्यकारसाथ आयोजना गरिएको यो रोपाई उत्सवलाई विशेष महत्त्वका साथ लिन सकिन्छ । त्यसो त यस्तै प्रकृतिको रोपाइ महोत्सव तारिका विभिन्न स्थानमा गरिएका छन् । 

बाजागाजाका साथ मनाइएको यो उत्सवले सबैको मन प्रफुल्ल बनाएको देखिन्थ्यो । कोरोनाबाट थलिएका जनतालाई केहीसमय भए पनि रमाउने अवसर प्रदान गर्न सफल भएको थियो यो धानउत्सव । असार महिनालाई मानो खाएर मुरी उमार्ने महिनाको रूपमा लिने गरिन्छ ।

नेपालका अधिकांश किसान कृषिमा आत्मनिर्भर रहे पनि कतिपय स्थानमा भने धान दिवसलाई एउटा औपचारिक कार्यक्रममा मात्र सीमित बनाउन थालिएको पाइन्छ । खाली सेल्फि खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने काममा मात्र होडबाजी भइरहेको बेलामा आयोजना गरिएको यस्तो महोत्सवको विशेष महत्त्व हुने राधेश्याम सेवा ट्रस्टका संरक्षक दिनबन्धु शास्त्रीले बताउँछन् । 

त्यसो त पछिल्लो समय अव्यवस्थित प्लटिङ व्यवसायले गर्दा देशको आधिकांक्ष उर्वर जमिन मरुभूमिमा परिणत भइरहेको छ । संसारकै प्रमुख धान उत्पादक देशमध्ये नेपाल १७ औँ स्थानमा पर्ने नेपाल आज ९० प्रतिशत धान चामल आयात गर्छ जुन ४ दशक अघि नेपालबाट अरू देशमा चामल निर्यात हुने गर्थ्यो ।

खाद्यान्न सुरक्षाका लागि प्रमुख आधार रहे पनि  यस  आर्थिक वर्ष ०७७–०७८ मा ५६ लाख २१  हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा ४८ अर्ब २८ लाख धान धानको बिउँ कनिका बाहिरबाट आयात गरिएको देखिन्छ । वर्षेनी धान उत्पादनमा वृद्धि भएको भनिए पनि अझै नेपाल चामलमा आत्मनिर्भर बन्न सकिरहेको देखिँदैन । सरकारका कृषि लक्षित कार्यक्रम पनि केही स्थानलाई छाडेर हेर्ने हो बालुवामा पानीसरह हुँदै आएका छन् ।

नेपालमा कृषि पेसा भने पछि नाक खुम्च्याउने परम्परा रहिआएको छ । बेलामा मल बिउ नपाउने समस्या त छदैँछन् झन् कृषक र कृषि पेसाप्रति सम्मान कम हुनुले पनि वर्षेनी किसानहरू यो पेसाबाट पलायन हुने गरेका छन् । जसले गर्दा यस्ता कार्यक्रमहरू औपचारिकतामा मात्रै सिमित हुन पुगेका छन् । तसर्थ यसतर्फ बेलैमा सोच पुग्नु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्