मोरङमा १० जना सहित प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण पुष्टि


विराटनगर, ११ चैत । प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन् । ४४ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४६६ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्