पूर्वी मोरङस्थित खोलाहरुबाट अवैध उत्खनन् र ओसारपसार


मोरड,२३ मंसिर । पूर्वी मोरङस्थित विभिन्न खोलाहरुबाट निर्माण सामाग्री  ढुङ्गा, मिक्स गिटी, बालुवा अवैध उत्खनन् र ओसारपसार हुने गरेको खुलेको छ ।

गैरकानुनी रुपमा उत्खनन् भएको निर्माण सामग्री मोरङको इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रण लिएर कार्बाहीको गर्न थालेको छ ।

पूर्वी मोरङको विभिन्न स्थानीय तहहरुमा पर्ने खोलाहरुमा कोरोना भाइरस लगायतको कारणले आर्थिक वर्ष २०७७र०७८ को खोला ठेक्का लगायतको छैन ।

केही नगर तथा गाउँपालिकाले अमानतमा सामग्री झिक्न अनुमति दिए पनि पथरीशनिश्चरे, लेटाङ नगरपालिकाले त्यो अनुमति दिएको छैन ।

लेटाङ नगरपालिकाको तेली खोला र उर्लाबारीको सुनजोरा खोलाबाट गैरकानुनी रुपमा निर्माण सामग्री आउन थापेपछि इलाका प्रहरी कार्यालय पथरी नियन्त्रण लिएर कारबाही प्रक्रिया अघि बढाउन थालेको हो ।

लेटाङको जाँते पूर्वमा रहेको तेली खोलाबाट ढुङ्गा, गिटी लिएर आएको ट्रिपर र ट्याक्टर पक्रेर कार्बाही चलाउन थालेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी दिलिपकुमार गिरीले बताए ।

गएको हप्ता दिनमा गैरकानुनी रुपमा निर्माण सामग्री लिएर आउने १० वटा ट्याक्टर र दुई वटा ट्रिपरलाई कार्बाही गरिएको प्रहरी प्रमुख गिरीले बताए ।

जातेबाट निर्माण सामाग्री लिएर दक्षिण पथरी आएको को २ त ८८५, को २ त ८६७०, को २ त ७४६२, को २ त ७८३८, को २ त १४८, को २ त ४८२६, को १ त ५२४६, को १ त ८४६६, मे १ त ५९३६ र मे १ त ७०२६ नम्बरको ट्याक्टर कार्बाहीमा परेको हो ।

त्यसैगरि ढुङ्गा लिएर हिडेका ना १ क ८६१५ को १ क ३४१७ ट्रिपर पनि कार्बाहीमा परेको छ । अवैधानिक ढंङ्गबाट उत्खनन् गरि ल्याएको दुई वटा ट्याक्टर उर्लाबारी, एउटा पथरीशनिश्चरे र बाँकी दुई ट्रिपरसहित बाँकी सात वटा ट्याक्टर लेटाङ नगरपालिका मार्फत कार्बाही भएको प्रहरी प्रमुख गिरीले बताए ।

नगरपालिकाको कानुन अनुसार अवैध रुपमा ढुङ्गा बोक्ने प्रति ट्याक्टरलाई १५ हजार र ट्रिपरलाई २५ हजार जरिवानाको ब्यबस्था रहेको छ । कार्बाहीको लागि नियन्त्रणमा परेको मालबाहक साधनहरुलाई सोही अनुसार नगरपालिकाको रसिद काटेर आएपछि मात्र छाडिने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिको परामर्समा जाँतेबाट स्टक अडर अनुमति सकिएको मिक्स गिट्टी बोकेर आएको छ वटा ट्रिपरलाई फर्काए सोही स्थानमा अनलोड गर्न लगाएको प्रहरी प्रमुख गिरीले बताए ।

लेटाङको तेली, उर्लाबारीको सुनजोरा र पथरीशनिश्चरेको डास खोलाबाट बेलाबेलामा अवैध उत्खनन् र धुवानी हुने गरेको छ । समयमा खोला टेन्डर लाउन नमिलेपछि बेलबारी नगर र कानेपोखरी गाउँपालिकाले कार्यपालिकामा निर्णय गराएर अमानतमा सामाग्री निकाल्दै आएको छ । लेटाङ र पथरीशनिश्च्रे नगरले ठेक्का लाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्