बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोराना सङ्क्रमितको मृत्यु


सुनसरी, १ कार्तिक । कोरोना भाइरसबाट सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज (शनिबार) मृत्यु भएको छ ।

झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको आधा–आधा घण्टाका फरकमा मृत्यु भएको हो ।
सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको पेटको समस्या भई भर्खर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्