पाँच वर्षीया नाबालिकालाई जबरजस्ती गर्दा यादव पक्राउ


लहान, २७ असोज । नाबालिकालाई जबरजस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिएका छन्

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगँंचामा लगेर यादवले जबरजस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ । पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्