कानेपोखरीमा एक जना युवाको डुबेर मृत्यु


धरान,२५ असोज । मोरङको कानेपोखरी–४ त्रिवेणीचोकका एक जना युवा खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय रेशम माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नीय कडिया खोलामा डुबेर बेहोस बनेको अवस्थामा शनिबार राति साढे १० बजे स्थानीयले फेला पारेका थिए । डुबेर बेहोस भएको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेहोस बनेका माझीको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानको राति साढे १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्