होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु


चितवन, २४ असोज । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय वृद्धको शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्