सामाजिक विकास मन्त्री घिमिरे कोरोना संक्रमणमुक्त भए


विराटनगर, १ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त हुनु भएको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उहाँको रिपोर्ट आज नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उहाँ संक्रमणमुक्त हुनु भएको हो । 
मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उहाँ होमआईसोलेसनमा बस्नुभएको थियो । 
यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उहाँको रिपोर्ट पुन ः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्