दुई साता पछि मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन: पोजेटिभ


विराटनगर, २६ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुई साता पछि बिहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन : पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरू हराउँदै गएकाले पुन: परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ । रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै उहाँलाई सामान्य लक्षणहरू देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्