१ सय ५५ कोरोना संक्रमित थपिए, ५२ जना डिस्चार्ज : प्रदेश १ अपडेट


विराटनगर, २२ भदौ । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहबीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष, झापाको कनकाईमा ७ महिला ६ पुरुष, बिर्तामोड र बा¥हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज सम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आइसोलेसन, चतराबाट ३१, वि.जेनरल अस्पताल आइसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आइसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्