२४ घण्टामा थप १,१२० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ४१,६४९ पुग्यो


काठमाडौं, १७ भदौं । नेपालमा १,१२० जना कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १,१२० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । आज (बुधवार) काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएका छन् । देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्