आज ८७ जना कोरोना संक्रमित थपिए, १४ जना डिस्चार्ज : प्रदेश १ अपडेट


विराटनगर, १६ भदौ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहबीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरङको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥हदशीमा १ महिला ३ पुरुषमा गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ ।

प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२, कोभिड १९ आइसोलेसन केन्द्र, रँगेलिबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६०३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ९० हजार १६५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्