कोरोना संक्रमणबाट थप १२ जना मृत्यु : नेपालमा मृत्यु संख्या २०७ पुग्यो


काठमाडौं, १३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

शनिवारको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर ३ महिला र ९ जना पुरुष गरी थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको बताएका छन । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्