नेपाल आइडल सिजन ३ को विजेतामा सज्जा चाैलागाई घोषित


मणिराम दाहाल –

सुन्दरहरैंचा, १२ भदौ । एपिवान टेलिभिजनबाट प्रसारण भएको कोकाकोला नेपाल आइडल सिजन ३ को फाइनल प्रतियोगिता को विजेतामा मोरङकी सज्जा चाैलागाई घोषित भएकी छन् ।

जर्ज तथा भोटिङको आधारमा चाैलागाई विजेता भएकी हुन । उनले फाइनल चरणमा तिमी अनि मेरो तेहि एउटा कुरा…गीत गाएकी थिइन । प्रतियोगितामा प्रथम हुने सज्जा चाैलागाईले नगद रु.५० लाख प्राप्त गर्न सफल भएकी छिन । प्रतियोगितामा दोस्रो हुने प्रवीण बेडवालले नगद रु १० लाख तथा प्रतियोगितामा तेस्रो हुने किरणकुमार भुजेलले नगद ५ लाख प्राप्त गर्न सफल भए ।

नेपाल आइडल सिजन ३ को निर्णायकहरूमा सङ्गीतकार न्यु बज्राचार्य , सङ्गीतकार तथा गायक कालीप्रसाद बास्कोटा तथा नेपाली ताराबाट उदाएकी गायिका इन्दिरा जोशी रहेका थिए । दर्शक श्रोताले अति मन पराएको तथा गत पुसबाट सुरु भएको नेपाल आइडल सिजन ३ कोरोना भाइरसबाट प्रभावित भएर फाइल चरणको प्रतियोगिता सरेको थियो । फाइनल प्रतियोगितामा विजेताहरूको घोषणा अन्नपूर्ण मिडिया नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्