नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित संख्या ३६,४५६ पुग्यो


काठमाडौं, १२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९२७ जनामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ ।

आज (शुक्रवार) काठमाडौँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्