वीपीमा उपचाररत धरानका एक जना कोरोना संक्रमितको मृत्यु


सुनसरी, ६ भदौ । सुनसरीको धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

उनको संक्रमणको पुष्टि २७ साउनमा भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रवार प्लाज्मा थेरापी गरिएको थियो ।

तर शनिवार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

‘संक्रमितको स्वास्थ्य गम्भीर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरेका थियौँ, तर बचाउन सकिएन, उनले भने ।

धरानमा प्लाज्मा थेरापी गरिएको यो दोस्रो केस हो । पहिलो पटक प्लाज्मा दिएका संक्रमित धरानमै उपचाररत छन् । यससँगै प्रदेश–१ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १५ पुगेको छ । उनीहरूमध्ये १३ जना मोरङका हुन् भने दुई जना सुनसरी धरानका हुन् ।

प्रतिक्रिया दिनुहोस्