वेवारिसे अवस्थामा फेला परेको बच्चाको उद्धार


उर्लाबारी / सोमबार दिउसो ३ः३० बजे उर्लाबारीको मावा पुल मुनि एउटा बच्चा बेवारिसे अवस्थामा फेला परेको छ। कसैले पाएर छोडेर भागेको रहेछ । स्थानीयहरूले प्रहरीलाई खबर गरे पछि बच्चालाई प्रहरीले गोदावरी हस्पिटल पुराएका थिए।


बच्चाको अवस्था गम्भीर भएकोले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले थप उपचारको लागि विराटनगर स्थित नोबेल हस्पिटललाई अनुरोध गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् ।

बच्चा कसको हो , के कारण बच्चालाई बेवारिसे अवस्थामा छोडियो केही थाहा नभएकोले प्रहरीद्वारा थप अनुसन्धान भैरेको छ ।

प्रतिक्रिया दिनुहोस्