काठमाडौं, २६ साउन । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित आइतबार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको भौचरसहित अपराह्न धादिङको धुनिबेंसीबाट पक्राउ गरेको हो ।
अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुस बापतको रकम उठाएर काठमाडौं आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।