२१ वर्ष पछि खानेपानीको धारा वितरण


बेलबारी, २६ असार । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगिहाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लामो समयपछि खानेपानीको धारा वितरण गर्न सुरु गरेको छ ।

२०५६ सालमा तत्कालीन डाँगिहाट गाविसका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ डाँगिहाट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको थियो । २१ वर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका छन् । लामो समय पछि नवगठित उपभोक्ता समितिले भने धारा वितरण गर्न सुरु गरेको छ ।

१ लाख लिटर क्षमताको ट्याङ्की सञ्चालन ल्याएर धारा वितरण गर्न सुरु गरिएको समितिका अध्यक्ष शिवकुमार राईले बताए । यसै आर्थिक वर्षमा २ सय ५० देखी ३ सय परिवारलाई धारा वितरण गर्ने लक्ष्य लिएको समेत राई बताउँछ । खानेपानी ट्याङ्कीको क्षमता भने ७ सयदेखि १ हजार परिवारलाई पुग्ने राईले जनाए ।

दुई दशक पछि धारामा पानी आउँदा स्थानीय बासिन्दाहरू समेत खुसी देखिएका छन् । अब उनीहरू चाँडै खानेपानी पनि आए हुन्थ्यो भन्नेमा छन् ।

प्रतिक्रिया दिनुहोस्