सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलको सिफारिस


काठमाडौं, २३ असार । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही सिफारिस गरिएको हो ।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संविधान संशोधनको विपक्षमा प्रस्ताव दर्ता गराएकी संसद गिरीलाई प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएपनि उनले अस्वीकार गरेकी थिइन् ।

यो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको कार्यादयल बनाएको थियो । यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको हो ।

कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक मंगलबार दिउँसो बस्नेछ । अन्तिम निर्णय भने पदाधिकारी बैठकले अन्तिम टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्