काठमाडौँ, १८ असार । मन्त्रिपरिषद्को आज (बिहीबार) बसको बैठकले बेलुका ५ बजेदेखि (असार १८ गते बिहीबार) लागू हुने गरी संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको पर्यटन मन्त्री योगेश भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
सत्तारुढ नेकपाभित्र आन्तरिक सत्ता संघर्षले उग्ररुप लिएका बेला सरकारले जारी रहेको संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । यो निर्णय गर्नुअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए ।