यु–१८ च्याम्पियनसिप : नेपाल छैटौँ स्थानमा


किशोर बुढाथोकी –

आगरा (भारत) / भारतको आगरामा शुक्रवार सम्पन्न एसियन यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल छैटौँ बनेको छ ।

                                                                      शुक्रवार भारतसँग प्रतिस्पर्धाको तयारीमा रहेका नेपाली खेलाडी ।

प्रतियोगिताको ४६ औँ संस्करण सकिँदा पहिलो पटक सहभागिता जनाएको नेपाल पाँचौँ बन्न सकेन । तीन वटा खेलमा जित र तीनवटामा हार बेहोरेको नेपाल छैठौंमै चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता भर ६ वटा खेल खेलेको नेपालले चीन, अफगानिस्तान र श्रीलङ्कामाथि मात्रै जित निकाल्न सक्यो । थाईल्याण्ड, इन्डोनेसिया र आयोजक राष्ट्र भारतसँग पराजय बेहोर्नु प¥यो ।

शुक्रवार भएको खेलमा भारतसँग ४–३ गोल अन्तरले निराश हुनु पर्दा नेपालले पाँचौँ स्थान गुमाएको हो । ६०–४० को खेलमा पनि फिनिसिङ फितलो हुँदा नेपाल नतिजाबाट विमुख बनेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि २० मिनेट समय थप गरिए पनि थप गरिएको समयमा समेत नतिजा निस्कन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो । र्टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय लिन सड्न डेथ सम्म पुग्नु प¥यो । सड्न डेथमा नेपाल अभागी ठहरिँदा घरेलु मैदानमा भारतको भाग्य चम्कियो ।

टाईब्रेकरमा नेपालका तर्फबाट रन्दिप पौडेल, अनिज महर्जन र नवीन गुरुङको प्रहारले मात्रै जाली चुमेको थियो । कप्तान दिनेश हेन्जन र शेषेहाङ आङ्दम्बेको प्रहारलाई भारतीय गोलरक्षक मोल्लह अलईफ रहमानले रोकिदिए । भारतका छुकछुक पाउगिनमुन, टाईसन सिंह र कफोई सिंहको प्रहार गोलमा परिणत भयो । वाजिड अलि र अजयकुमार चौधरीको प्रहारलाई भने नेपालका गोलरक्षक विशाल सुनारले विफल पारिदिँदा टाईब्रेकरमा नतिजा निस्कन सकेन । सड्न डेथमा भारतका संजित राईको प्रहार गोलमा परिणत हुँदा भारत विजयी बन्यो । सुरज ज्यू ठकुरीको प्रहारलाई भारतीय गोलरक्षकले रोकिदिनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो ।

                                                       नेपाली खेलाडीका साथमा तस्बिर खिचाउँदै भारतीय खेलाडी ।

खेललाई पुरै नियन्त्रणमा राखेको नेपालले भारतका विरुद्ध निर्धारित समयमा गोल गर्ने केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा दोस्रो खेलबाटै इन्जुअर्ड भएर बसेका मनिष थापाको अभाव खट्कियो । प्रतियोगिता भर एउटा मात्रै पहेँलो कार्ड पाएका रक्षापंक्तीका खेलाडी विकास खवासलाई दुईवटा पहेँलो कार्ड पाएको भन्दै खेल्नबाट वञ्चित गराइयो । ३७ औँ मिनेटमा बुद्ध बल तामाङको प्रहारमा भारतीय गोलरक्षक बाधक बने । ५१ औँ मिनेटमा २५ यार्ड टाढाबाट दिनेश हेन्जनले गरेको फ्रिकिक प्रहारले पनि पोस्टको बाटो देखेन । थप गरिएको दोस्रो मिनेटमै हेन्जनको प्रहारलाई भारतीय गोलरक्षकले बचाइदिए । थपिएको छैटौँ मिनेटमा अनिल महर्जनको प्रहारले पनि बाटो बिराउनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । प्रतियोगिता भर मिडफिल्डर अनिल महर्जन, रक्षापंक्तीका राजन गुरुङ, विकास खवास र रन्दिप पौडेलको प्रदर्शन उत्कृष्ट रहयो । दिनेश हेन्जन, नितिन थापा मगर, मनिष थापा र गोलरक्षक विशाल सुनारको प्रदर्शन पनि सम्झन लायक रहयो ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल र भारतबिचको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको भए पनि नेपालका लागि दुःखद नजिता निस्किएको बताए । ‘मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट रहयो,’ उनले भने, ‘फिनिसिङ फितलो हुँदा निराशाजनक नतिजा हात प¥यो ।’ श्रेष्ठले प्रतियोगिता भर नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि सुखद नतिजा भने विपक्षीको पक्षमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्