कैलालीमा एक १२ वर्षीय बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ


कैलाली, ५ असार । कैलालीमा एक १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ ।

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्