इनरुवामा भीषण आगलागी


सुनसरी, ३२ जेठ । सुनसरीको इनरुवामा भीषण आगलागी भएको छ । इनरुवा नगरपालिका वाड नं. १ स्थित मुख्य बजार क्षेत्रमा रहेको प्रितम अटलको हनुमान बस्त्रालयमा आगो लागेको हो ।

बिहान करिब ५ बजे देखी लागेको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । घटना स्थलमा ६ वटा दमकलको प्रयोग गरेर पनि आगो नियन्त्रणमा आउन सकेको छैन । धरानको २ वटा, दुहबीको १ वटा, इटहरीको १ वटा, सुन्दरहरैचाको १ वटा, बराहक्षेत्रको १ वटा दमकलले आगो निभाउने कार्यमा छ ।

हनुमान बस्त्रालयमा लागेको आगलागी छेउको घरहरूमा पनि क्षति पुगेको छ । सिर्जना फाईन्स सप्तकोसी हार्डवेयरमा क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार सिर्जना फाईन्समा धेरै नै क्षति भएको छ । स्थानीयसँगै सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी मिलेर आगो नियन्त्रणमा गर्ने कार्यमा लागि रहेका छन् ।

आगोबाट कति क्षति भएको छ भन्ने अहिले अनुमान गर्न सक्ने स्थितीनै छैन । स्थानीयहरू दमकलको दमकल बिग्रिँदा आगो नियन्त्रणमा केही समस्या आएको छ । स्थानीयहरू बिग्रिएको दमकलबाट आक्रोशित पनि भएका छन् ।

https://youtu.be/rj7y09czkr0

प्रतिक्रिया दिनुहोस्