काठमाडौँ, २८ जेठ । भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले नेपाल बारे दिएको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज (बुधवार) प्रतिनिधिसभा बैठकमा बुधवार बोल्दै उनले आदित्यनाथले बोलेको हो भने निन्दनीय भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आदित्यनाथले नेपाललाई धम्क्याउन र हेप्न खोजेको हो भने नेपाल हेपिन तयार नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आदित्यनाथले बोलेको हो भने जायज नभएको र नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित नभएको टिप्पणी गरे ।
आदित्यनाथले नेपाल–भारत सीमाको विषय जोड्दै नेपालले तिब्बतको परिणामबाट चेतोस् भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।