भरतबाट सयौँ नेपाली नेपाल फर्किँदै : जोखिम पनि बढ्दो देखिँदै


काठमाडों, ११ जेठ । लकडाउन भएता पनि सयौँको सङ्ख्या भारतबाट अहिले नेपालीहरू नेपाल फर्की रहेका छन् । शनिवार विभिन्न सीमा नाकाबाट नेपाल भित्रिएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या तीव्र रूपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टा भित्र वल्र्डओमिटरको तथ्याङ्क अनुसार ६ हजार ६ सय २९ जना संक्रमित थपिएको छ भने थप १ सय ४२ जनाको मृत्यु भएको छ ।

तर लकडाउनमा पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को नै लागि रहेको छ । एक हजार दुई सय नेपाली १४ दिन भन्दा बढी भारतको क्वारेनटाइनमा बिताएका नेपालीहरू बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् ।

उनीहरू दशगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रवार नाराबाजी गरेका थिए । भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रवार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेनटाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए ।

#गोरखापत्र_दैनिकबाट

प्रतिक्रिया दिनुहोस्