बेलबारीमा जसपाले भारत विरुद्ध विरोध प्रदर्शनीमा मोदीसँगै ओलीको पनि फोटो जलाए


बेलबारी, २९ वैशाख । बेलबारीमा जनता समाजवादी पार्टी (जसपा) ले नेपालको भूभाग अतिक्रमण गरेकोमा भारत विरुद्ध विरोध प्रदर्शनी गरेको छ । विरोध प्रदर्शनीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जलाएको छ ।

आज (सोमबार) जसपा नेपाल, बेलबारी नगर समितिको आयोजनामा विरोध प्रदर्शनी कार्यक्रम भएको हो । विरोध कार्यक्रममा भारत विरोद्धको नारा लगाउँदै र्‍याली गरेका थिए।नेपाल–भारत सीमामा दार्चुलाको लिपुलेक नेपालको भूमि भारतले मिचेर सडक निर्माण गरेको खबर सार्वजनिक भए लगतै लकडाउन भएता पनि देशव्यापी रूपमा “गो व्याक इन्डियाको” नाराको साथ विरोध प्रदर्शनी भइरेको छ । यसै क्रममा आज (सोमबार) बेलबारीको वाड नं. १० भाउन्नेमा पनि विरोध प्रदर्शनी भएको छ ।

जनता समाजवादी पार्टीले भारतीय बिस्तारवादी नीतिको विरोध गर्नुको साथै नेपाल सरकारको पनि एकल जातीय संस्कृत भाषा लाद्न खोजेको भन्दै विरोध गरेका छन।
विरोध प्रर्दशनिमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के.पी शर्मा ओलीको तस्बिर पनि जलाए। विरोध सभालाई जनता समाजवादी पार्टी नेपालका बेलबारी युवा अध्यक्ष सन्तोष तामाङ र विद्यार्थी केन्द्रीय सदस्य अशोक राईले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सङ्घीय परिषद् सदस्य केदार धिमाल, १ न. प्रदेश सदस्य उपेन्द्र लावती , शान्ता मोक्तान तामाङ, लिम्बुवान प्रदेश सदस्य आशिष गुरुङ, प्रेस नेपाल केन्द्रीय सदस्य अजित धिमाल, जिल्ला सदस्य हरि ब. लिम्बू लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पार्टीका नगर सचिव अमिर मगरले गरेका थिए भने अध्यक्ष तिलक राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्