“सुन्दर लेटाङ” (फोटो फिचर)


तस्विर – विवेक वस्ति, मोरङ। लेटाङ मोरङको एक सुन्दर नगरपालिका हो । लेटाङ नेपालको पूर्व क्षेत्रमा अवस्थित मोरङ जिल्लाको उत्तर तर्फ पर्दछ ।

उत्तर तर्फ धनकुटाको साँगुरीगडी र चौबिसे गाउँपालिका दक्षिण तर्फ कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिका, पश्चिम तर्फ केराबारी गाउँपालिका र पूर्व तर्फ मिक्लाजुङ गाउँपालिकाको मध्यमा रहेको एक सुन्दर नगरपालिका हो, लेटाङ।

लेटाङमा पर्यटकीय विकासको प्रबल सम्भावना रहेको छ । लेटाङमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न पर्यटकहरूको प्रशस्त आगमन हुने गर्दछ ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले लागु गरेको लकडाउनले गर्दा पर्यटकहरूको आगमन रोकिए पनि लेटाङको सुन्दरलाई तस्बिर मार्फत देखाउन भने रोक लागेको छैन । यस बेला क्यामेरामा कैद गरिएको मनमोहक तस्बिर हेर्ने हो भने कहिले लकडाउन खुल्ला र लेटाङ घुम्न जाउला भन्ने लाग्छ ।

लेटाङ नगरपालिका वडा नं १ स्थित कुइकुण्डाबाट देखिने लेटाङ आसपासको मनोरम दृश्य

मुर्चुंगीबाट देखिएको सूर्यास्तको दृश्य

अँधेरीबाट देखिने लेटाङ बजारको मनोरम दृश्य साथै पृष्ठभूमिमा देखिने पथरी बजार

(विवेक वस्ति  तथा  चिसाङ कृयसनद्वारा प्राप्त तस्विर )

 

 

 

प्रतिक्रिया दिनुहोस्