रेलले किचेर भारतको महाराष्ट्रमा १६ मजदुरको मृत्यु


 एजेन्सी, २६ वैशाख। भारतको महाराष्ट्रमा १६ जना प्रवासी मजदुरको रेलले कुल्चेर ज्यान गएको छ । महाराष्ट्र स्थित औरंगावाद करमाड स्टेसनमा ट्र्याकमा सुतिरहेको अवस्थामा रेल मजुरहरूमाथि पर्दा १६ जनाको मृत्यु भएको हो ।

रेलवे ट्र्याकमा मजदुरहरू सुतिरहेको अवस्था शुक्रवार बिहान सो घटना भएको भारतीय रेल मन्त्रालयले जनाएको छ । चालकले मजदुरहरूलाई देखेर रोक्ने प्रयास गर्दा पनि रेल नरोकिए पछि उनीहरू कुल्चिएर मृत्यु भएको हो।

रेलवे ट्र्याकको छेउ हुँदै जालनाबाट भुसावल हिँडेका मजदुरहरू लामो यात्राको थकानपछि ट्रयाकमा नै सुतेको थिए । तर बिहान भने उनीहरूको रेलले कुल्चेर मृत्यु भएको छ । यो घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख जनएका छन् ।

#बिबिसी

प्रतिक्रिया दिनुहोस्