संसद्को बजेट अधिवेशन वैशाख २६ गते बोलाउने : मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ, २१ वैशाख । सरकारले आउँदो वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले आउँदो वैशाख २६ गते दिउँसो ४ बजे संसद्को बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

‘मन्त्रिपरिषद् बैठकले यही वैशाख २६ गते ४ बजे संसद्को बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ’, मन्त्री पोखरेलले भने । संसद् अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्