उत्तर र दक्षिण कोरियाबिच गोली हानाहान


काठमाडौँ, २१ वैशाख । उत्तर कोरियाली शासक किम जोङ उनको २० दिनपछि सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर र दक्षिण कोरियाबिच गोली हानाहान भएको छ ।

किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबिच गोली हानाहान भएको बिबिसीले जनाएको छ ।
सुरुमा उत्तर कोरियाका तर्फबाट थुप्रै गोली हानिएपछि जवाफमा आफूले गोली चलाएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

घटनामा कुनै हताहति वा क्षति नभएको बिबिसीले उल्लेख गरेको छ । पछिल्लो पाँच वर्षयता पहिलोपल्ट उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सिधै गोली चलाएको पनि बिबिसीले उल्लेख छ ।

२० सम्म बेखबर रहेका किमको मृत्युको हल्ला पनि चलेको थियो । तर उनी शुक्रवार सार्वजनिक भएका छन् । किम जोङ एउटा खाद्य (रासायनिक मल) बनाउने उद्योगको उद्घाटन समारोहमा सहभागी भएको खबर बिबिसीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्