२४ घण्टामै विश्वभर ८८ हजार ३७५ जना कोरोना संक्रमित थपिए : ५ हजार ८९९ जनाको मृत्यु


काठमाडौँ, १९ वैशाख । २४ घण्टामै विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट ८८ हजार ३ सय ७५ जना नय संक्रमित थपिएको छ । योसँगै विश्वभर कोरोना संक्रमित संख्या ३३ लाख ८ हजार ६ सय ४३ जना पुगेको छ ।

हिजो कोरोना संक्रमित संख्या ३२ लाख २० हजार २ सय ६८ थियो । वल्र्डमीटरको हाल सम्मको तथ्याङ्क अनुसार विश्वभर कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २ लाख ३४ हजार १ सय २३ पुगेको छ । हिजोको तथ्याङ्क भने २ लाख २८ हजार २ सय २४ जना रहेको थियो । कोरोनाबाट २४ घण्टामै ५ हजार ८ सय ९९ जनाको ज्यान गएको छ ।

वल्र्डमीटरको हाल सम्मको तथ्याङ्क अनुसार हिजो सम्म १० लाख ३ सय ५५ जना निको भएका थिए भने हालको तथ्याङ्क हेर्दा १० लाख ४२ हजार ९ सय ८१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्