८४ वर्षको उमेरमा गायिका रानुदेवी अधिकारीको निधन


काठमाडौँ, १९ वैशाख । गायिका रानुदेवी अधिकारीको निधन भएको छ । वीरगञ्जज १९३६ नोभेम्बर २७ मा जन्मेकी रानुदेवीको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

रेडियो नेपालमा गीत गाउने प्रथम गायिका रानुदेवी अधिकारीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा उनको महत्त्व पूर्ण योगदान रहेको छ । काँग्रेस नेतृ नोना कोइरालाकी बहिनी रानुदेवीले कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेकी थिइन ।

विराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट पहिलो पटक सुरु गरिएको रेडियो नेपालमा १६ वर्षको उमेरमा रानुदेवी कोइरालाले गीत गाएकी थिइन। २००६ सालमा रानुदेवीले पहिलोपटक ६ वटा गीत रेकर्डिङ गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्