विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार पुग्यो : संक्रमित ३० लाख ४० हजार बढी


काठमाडौँ, १६ वैशाख / विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या दुई लाख ११ हजार ९९ पुगेको छ । संक्रमित सङ्ख्या ३० लाख ४० हजार ७ सय ९ जना पुगी सकेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार उक्त संक्रमित मध्य ८ लाख ९३ हजार ८ सय ७२ जना निको भएका छन् । अहिले सम्म पनि अमेरिकामा सबै भन्दा बढी कोरोनाबाट मानिसको मृत्यु भइसकेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल सम्म ५६ हजार २ सय ५५ जनाको मृत्यु भइसकेको छ । निको हुनेको सङ्ख्या पनि वृद्धि क्रममा रहेको छ । १ लाख ११ हजार ३ सय ३७ जना निको भइसकेको छ । हाल सम्मको अमेरिकामा संक्रमित सङ्ख्या ९ लाख ८८ हजार १ सय ८९ पुगेको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाको जोखिम अझ बढ्दै गएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ सय ३९ जना पुगी सकेको छ । संक्रमित सङ्ख्या र मृत्यु सङ्ख्या झन् बढ्दै भएको छ । भारतमा संक्रमित सङ्ख्या २९ हजार ४ सय ५१ जना पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल सम्म ७ हजार १ सय ३७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्