लोकतन्त्र दिवसमा तिलाको गजल


तिला लेकाली – बेलबारी, ११ वैशाख  –

ऐजन ऐजन गीत गाऊ हुन्छ लोकतन्त्रमा
जाहाँ मन छ उतै जाऊ हुन्छ लोकतन्त्रमा

बहत्तरको भूकम्पमा तिर्पाल बाँडेकै छ
हुन्छ आफ्नै छाना छाऊ हुन्छ लोकतन्त्रमा

जनतालाई लौरो बनाई पारि तरेपछि
जति सक्छौ भक्कु खाऊ हुन्छ लोकतन्त्रमा

बेपत्ता अनि द्वन्द्व पीडित जतिसुकै जाउन्
खाटा नबसेमा के हुन्छ घाउ लोकतन्त्रमा

भोटकै दिन गरिब किन्ने अझै दुई वर्ष छ
बढी भन्दा बढी कमाऊ हुन्छ लोकतन्त्रमा

प्रतिक्रिया दिनुहोस्