“राजपा समाजवादीले थपड दियो, हामीलाई फोड्न सक्दैन” : राजेन्द्र महतो


काठमाडौँ, ११ वैशाख / सरकारले ल्याएको राजनैतिक दल सम्बन्धी व्यवस्थाको अध्यादेशलाई राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीले थपड दिएको ‘जनता समाजवादी पार्टी’ का नेता राजेन्द्र महतोले बताएका छन् । राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादीबिच एकता सहमति पछि एकीकरण पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ ।

बिहीबार नयाँ दल दर्ता गर्न गएका निर्वाचन आयोगमा पुगेका नेता महतोले संचारकर्मीहरुसँगै बोल्दै राजपा समाजवादीले थपड दिएको र फोड्न नसक्ने बताएका हुन । उनले भने, “राजपा समाजवादीले थपड दियो, हामीलाई फोड्न सक्दैन” ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्रमाथि खतरा भएको पनि आरोप लगाएका छन् । ओलीको लोकतन्त्र विरोधी कदम विरुद्धको सबै एकजुट भएर सामना गर्ने नेता महतोको भनाई छ ।

नेता महतोले प्रधानमन्त्री ओली लोकतन्त्रलाई सिद्ध्याउन सक्रिय भएको उनको दाबी छ । त्यसकै निम्ति पार्टी फुटाउन सहज बनाउने प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको उनको जिकिर छ । यो अध्यादेश तत्काल फिर्ता गरिनुपर्ने पनि महतोले बताए ।

नेता महतोले समाजवादी पार्टी फुट्ने हल्ला सत्य नभएको दाबी गरे । राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना नरहेको उनको भनाई छ । एकताको बाँकी काम लकडाउन हटेपछि गर्ने उनको भनाई छ । अब प्रधानमन्त्री ओलीले राजपा र समाजवादी फोड्न नसक्ने पनि बताए । उनले भने, ‘आफ्नै पार्टी फोड्ने भए फोडे हाम्रो सक्दैनौँ ।’

https://youtu.be/zv7q2qtVmlw

प्रतिक्रिया दिनुहोस्