भारतमा कोरोनाबाट एकै दिनमा ३८ जनाको मृत्यु


काठमाडौँ, ८ वैशाख । भारतमा कोरोना भाइरस कोभिड १९ को जोखिम तीव्र बड्दै गएको छ । भारतमा एकै दिनमा ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामै एक हजार २५० जना कोरोना संक्रमित थपिएका छन् । वर्ल्डओमिटरका अनुसार भारतमा सोमबार बिहान ६ बजेसम्म संक्रमितको सङ्ख्या १७ हजार ६ सय १५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५५९ जनाको मृत्यु भइसकेको छ ।

भारतमा संक्रमित भएकामध्ये अहिलेसम्म दुई हजार ८५४ जना उपचारपछि ठिक भएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा लकडाउन जारी छ । गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्