कोरोनाबाट नेदरल्याण्ड्समा एक नेपाली महिलाको मृत्यु


काठमाडौँ, ८ वैशाख । नेदरल्याण्ड्समा पहिलो पटक कोरोना भाइरसबाट एक नेपाली महिलाको ज्यान भएको छ । म्याग्दीकी लक्ष्मी भट्टचनको युरोपेली देश नेदरल्याण्ड्समा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

कोरोनाबाट नेदरल्याण्डमा नेपालीको मृत्यु भएको यो पहिलो घटना भएको थकाली बेल्जियम समाज तथा गैरआवासीय नेपाली सङ्घ नेदरल्याण्ड्समाले जनाएको छ ।

‘समाजका महासचिव रोशन शेरचन नेदरल्याण्ड्समा कोरोना संक्रमणबाट ४० वर्षीय लक्ष्मी भट्टचनको निधन भएको बताउँछन् । लक्ष्मी एनआरएनए नेदरल्याण्ड्सकी सदस्य थिइन् । पति र सन्तानका साथ उनी त्यहाँ बसोबास गर्दै आएकी थिइन् । उनका पति भरत भट्टचन मोना नेदरल्याण्ड्सका वरिष्ठ उपाध्यक्ष हुन् ।

गैरआवासीय नेपाली सङ्घ, नेदरल्याण्ड्स राष्ट्रिय परिषद् अध्यक्ष राम कँडेलका अनुसार उनी केही समययता बिरामी थिइन् । कँडेलले भने, ‘समाजसेवी श्रीमती लक्ष्मीको उपचार क्रममा असामयिक दुःखद निधन भएको हो । उहाँको निधनले नेदरल्याण्ड्सबासी नेपाली समुदाय स्तब्ध छ ।’

प्रतिक्रिया दिनुहोस्