विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार पुग्यो : अमेरिकामा ३५ हजार


काठमाडौँ, ८ वैशाख / विश्वभर कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ लाख ६५ हजार २ सय ३४ जना पुगेको छ । २४ लाख ४ हजार २ सय ४९ जना सङ्क्रमित छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिले सम्म ६ लाख २४ हजार ७ सय ९८ जना निको भएका छन् । अहिले सम्मको तथ्ङका अनुसार अमेरिकामा कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या सबै भन्दा धेरै रहेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा अहिले सम्म ३५ हजार ३ सय १४ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ६१ हजार ९ सय ६४ कोरोना सङ्क्रमित छन् । ७० हजार ३ सय ३७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्