विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या डेढ लाख भन्दा बढी


काठमाडौँ, वैशाख ७ / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हिजो (शनिवार) सम्मको तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या १ लाख ४६ हजार १ सय ९८ जना पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भने आज (आइतबार) सम्म मृत्यु हुनेको सङ्ख्या डेढ लाख कटेको छ । मृत्यु हुनेको सङ्ख्या आज (आइतबार) बिहान सम्म १ लाख ५९ हजार ५ सय १० जना पुगेको छ । सङ्क्रमित सङ्ख्या २ करोड ३१ लख ७ हजार ७ सय ५८ पुगेको छ भने निको हुने ५ लाख ९२ हजार ३ सय १९ जना रहेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार सबै भन्दा बढी कोरोना सङ्क्रमित सङ्ख्या अमेरिकामा नै कायम रहेको छ । अहिले सम्म अमेरिकामा परीक्षण गरिएको ३६ लाख ९० हजार ४ सय ८२ जनामा कोरोना सङ्क्रमित ७ लाख ३२ हजार १ सय ९७ जना पुगेको छ ।

स्पेनमा १ लाख ९१, हजार ७ सय २६, इटालीमा १ लाख ७५ हजार ९ सय २५, फ्रान्समा १ लाख ४९ हजार १ सय ४९, जर्मनीमा १ लाख ४३ हजार ३ सय ४२, युकेमा १ लाख १५ हजार ३ सय १४ कोरोना सङ्क्रमित सङ्ख्या बढेर भएको छ भने चीनमा सङ्क्रमित सङ्ख्या ८३ हजार ७ सय ८७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्