बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुग्यो


काठमाडौँ, ५ वैशाख । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । वैदेशिक रोजगारीमा बहराइन पुगेका थप २७ नेपालीमा कोरोना भाइरस सङ्क्रमण देखिए पछि सङ्क्रमित सङ्ख्या बढेको हो ।

बहराइनस्थित नेपाली दूतावासले थप २७ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा सङ्क्रमण देखिएको छ ।
उनीहरूमध्ये सात जनाको ज्यान गएको छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्