भारतमा २४ घण्टामा ६२४ जना नयाँ कोरोना सङ्क्रमित थपिए


नयाँदिल्ली, ३ वैशाख । भारतमा २४ घण्टामा ६२४ जना नयाँ कोरोना सङ्क्रमित थपिएको छ । हालसम्म भारतमा कोरोनाबाट ३९६ को मृत्यु भएको छ ।

भारतमा गएको २४ घण्टामा ६२४ नयाँ कोरोना सङ्क्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यससँगै भारतमा बुधवारसम्ममा कोरोना संक्रमितको सङ्ख्या ११ हजार ५५५ पुगेको छ । विश्वव्यापी महामारी कोरोनाका कारण भारतमा दैनिक सङ्क्रमित र मृतक सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्