बेलबारीमा गरिएको परीक्षणमा १६ जनाकै नेगेटिभ


बेलबारी, २ वैशाख / मोरङको बेलबारी नगरपालिकाले गरेको कोरोना भाइरसको परीक्षणमा सबैको नेगेटिभ भेटिएको छ । नगरपालिकाले विभिन्न देशबाट आएका १६ जना व्यक्तिको परीक्षण गरेको थियो ।

बाह्य देशबाट आएकाहरूको परीक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार शङ्कास्पद व्यक्तिहरूको परीक्षण गरिएको थियो । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि वाट गरिएको परीक्षण गरिएको हो ।

विभिन्न देशबाट आएका ९८ जनाको पहिलो चरणमा परीक्षण गरिने मेयर सुवेदीले बताए । विभिन्न देश बाट आएका १ सय ४ जना मध्ये ६ जनाको यसअघिकै परीक्षण गरिएको र उनीहरूको समेत नेगेटिभ आएको मेयर सुवेदीले बताए । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि वाट गरिएको परीक्षणको नतिजा १५ मिनेटमै आउने समेत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्