भारतमा थप २१ दिन लकडाउन लम्बियो


नयाँ दिल्ली, २ वैशाख / भारतमा थप २१ दिन लकडाउनको अवधि लम्बिएको छ । मङ्गलवार देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३० (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् ।

भारत सरकारले कोरोनाको सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै गरेको तीन हप्ते लकडाउन बुधवार सकिँदै छ ।

केही दिन यता भारतमा भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । मङ्गलवार बिहानसम्म संक्रमितको सङ्ख्या भारतमा १० हजार ४ सय ५३ पुगेको छ । सोमबार एकै दिन भारतमा १२ सय ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

संक्रमणबाट अहिलेसम्म भारतमा ३ सय ५८ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म ११ सय ८१ जना सङ्क्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्