अपरिचितलाई टोल प्रवेशमा रोक लगाउँदै स्थानीय


बेलबारी, मोरङ / कोरोना दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउनलाई थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेशमा आवत जावतमा बन्देज गर्ने बताइरहँदा गाउँ गाउँमा स्थानीयहरू आफैले एक टोलबाट अर्को टोलमा ढाँट लगाउन थालेका छन् ।

बेलबारी नगरपालिका वार्ड नं २ अन्तरगतका आदर्श टोल, कबिर टोल, त्रिवेणी टोल लगायतका स्थानीयवासीले आआफ्नो टोलमा जाने मुख्य नाकामै ढाँट लगाएर अरू टोलबाट आउने मानिसलाई प्रवेश निषेध गरेका छन् । कोरोनाले तेस्रो स्टेजमा प्रवेश गरेसँगै त्रासका कारणले आफूहरूले बाहिरका मानिसलाई टोलमा प्रवेश निषेध गरेको स्थानीय युवराज सुन्चेउरीले बताए ।

बिरामी बोक्ने एम्बुलेन्स, तरकारी तथा दुधबोक्ने गाडीलाई नरोके पनि बेकाममा टोलटोलमा भौतारिने, अपरिचितलाई भने टोल प्रवेशमा रोक लाउने उद्देश्य रहेको त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष समेत रहेका स्थानीय कुमार सोदेम्बा बताउँछन् ।

यसरी टोलटोलका नाकामा ढाँट लगाएपछि केही स्थानीयहरूले यसको विरोध जनाएका छन् । “ढाँट लगाउने भए मूल सडकमा लगाउनु पर्याे” भन्दै विरोध जनाए पनि, यस्तो विषम परिस्थितिमा आफ्नो टोलमा अपरिचित मानिसलाई प्रवेशमा रोक लगाउने काम उचित रहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्