प्यावसन एनप्यावस बेलबारी नगर समितिद्वारा रु.३ लाख १३ हजार सहयोग


बेलबारी, मोरङ/ निजी तथा आवासीय विद्यालयहरूको साझा सङ्गठन प्याब्सन तथा एनप्याबसन नगर समिति बेलबारीले संयुक्त रूपमा बेलबारी नगरपालिकाको बिपद व्यवस्थापन कोषको लागि ३ लाख १३ हजार ३ सय १७ रुपैयाँ जम्मा गरेका छन्।

आज एक औपचारिक कार्यक्रमबिच निजी तथा आवासीय विद्यालयहरूको साझा सङ्गठन प्याब्सन तथा एनप्याब्सन नगर समिति बेलबारीले नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

प्यावसन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर अध्यक्ष भूपाल बस्नेत तथा एन प्यावसन नगर अध्यक्ष नारायण ढकालले नगरपालिकामै आएर संस्थागत विद्यालयलहरुले जम्मा गरेको रकम संयुक्त हस्तान्तरण गरेका हुन ।

सारा विश्व नै कोरोनाकाे कारणले भयावह अवस्थामा पुगेको अवस्थामा राज्यलाई सहयोग गर्नु आफूहरूको पनि दायित्व भएकोले नगरपालिकाको विपद् कोषमा रकम जम्मा गरेको प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेतले बताए ।

विपद् व्यवस्थापन कोषमा सहयोग गर्नेहरूलाई नगरपालिकाका मेयर सुवेदीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग आशा गरे । यस्तै बेलबारी ११ मा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाले २५ हजार राहत कोषका लागि सहकारीका अध्यक्ष जगत बस्नेत र सचिव नरेन्द्र बस्नतेले मेयर सुवेदीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्