लक्ष्मीमार्गका जगत बस्नेतले गरे एक महिनाको घरभाडा नलिने घोषणा


बेलवारी, २० चैत / बेलवारी ११ लक्ष्मीमार्ग स्थित रहेका जगत बस्नेतले सृजना फाइनान्स र आषिस स्वास्थ्य क्लिनिक रहेको घरको एक महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।

माउण्ट एभरेस्ट इंलिस बोडिङका प्रिन्सिपल तथा मोरङ प्याव्सनका कोषाध्यक्ष समेत रहेका बस्नेतले लकडाउनका कारण मानिसहरूको आर्थिक उपार्जनमा समस्या भएको र धेरैको व्यवसाय र रोजगारी बन्द भएको अवस्थामा घरमा भाडा बस्नेहरू लाई यस अवधिको भाडा छुट दिने घोषणा गरेका हुन् ।

जम्मा १४ कोठा मध्ये भुईँ तलामा रहेको आशिष् स्वास्थ्य क्लिनिकले यस्तो भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा पनि स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा दिइरहेकोले उक्त स्वास्थ्य क्लिनिकलाई पनि छुट दिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्