बेलबारीमा एक महिनाको सेवासुविधा जनप्रतिनिधिले बिपद व्यवस्थापन कोषलाई दिने


उत्तम पोख्रेल – मोरङ, बेलबारी / बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरीको सेवा सुविधा नगरपालिकाको नाममा रहेको बिपद व्यवस्थापन कोषलाई दिने निर्णय गरेका छन् ।

बिहीबार नगरकार्यपालिकाको बैठक बसेर कोषमा दिने निर्णय गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बेलबारीमा ६० जना जनप्रतिनिधिहरू रहेका छन् । यसै गरी छैटोे वा सोभन्दा माथिका कर्मचारीको खाइपाइ आएको १५ दिनको तलब र छैटो भन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय भएको मेयर सुवेदीले बताए ।

नगरपालिकाले यस अघिनै बिपद व्यवस्थापन कोषमा १५ लाख जम्मा गरिसकेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहाले बताए । एनएमवि बैँक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा राजनीतिक दल, गैरसरकारी संघसंस्था, निर्माण व्यवसायी, वित्तीय संघसंस्थाहरु, समूह तथा व्याक्तिहरुलाई सहयोग गरिँदिन समेत नगर कार्यपालिकाको बैठकले आग्रह गरेको छ ।

विभिन्न देश बाट आएका ९० जना भन्दा बढीको तथ्याङ्क सङ्कलन गरिसकेका छौ, मेयर सुवेदीले भने दैनिक तिनीहरूको स्वास्थ्य अवस्था बुझ्ने देखी कोरोना भाइरस रोकथामका लागि भिडभाड हुने स्थानमा औषधीहरू छर्केन काम समेत भइरहेको छ ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समिति समेत गठन गरिसकेको नगरपालिकाले राहत प्याकेज समेत घोषणा गरिसकेको छ । नगरपालिकाले सर्वदलीय बैठक बोलाएर नगरसमन्वय समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्