केराबारी गाउँपालिकाको राहत कोषमा रकम जम्मा हुन सुरु


किशन शाही – केराबारी / कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन मुलुकभर गरिएको लकडाउँनका कारण विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने परिवारका लागि केराबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको राहत कोषमा दाताहरूबाट आर्थिक सहायता रकम जुट्न सुरु गरेको छ ।

केराबारी गाउँपालिकाले वडाका अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई राहत वितरण गर्न सुरु गरेको सो खातामा स्वतःस्फूर्त रूपमा विभिन्न व्यक्तिहरूले रकम जम्मा गर्न थालेका हुन ।

केराबारी गाउँपालिकाका जनप्रतिनीधिहरुले १० दिनको र कर्मचारीहरूबाट १ दिन बराबरको रकम सहयोग गर्ने गरी सुरु गरिएको सो खातामा झापाको बिर्तामोड निवासी हाल युएन इराकमा कार्यरत निरोज कुमार श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छ ।

केराबारी ८ का वडाध्यक्ष मनोज खड्काको पहलमा श्रेष्ठले सो रकम प्रदान गर्ने घोषणा गरेको वडाध्यक्ष मनोज खड्काले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
त्यसै गरी चौबिसे स्वास्थ्य क्लिनिकका स्वास्थ्यकर्मी तथा समाजसेवी केराबारी ८ निवासी गोविन्द बहादुर थापाले रु १० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

केराबारी गाउँपालिकाले गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीको अध्यक्षतामा कोरोना भाइरस रोकथाम प्रतिकार्य समन्वय समितिको बैठकवसी राहतका लागि खाता सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमणबाट बच्न र बचाउन लक डाउनको समयमा खाद्य सङ्कट भोगेका अति विभिन्न परिवारलाई सहयोग गर्न चाहने इच्छुक व्यक्तिगत, सङ्घ संस्थाले गाउँपालिकासँग समन्वय गरेर वा राहत वितरण गर्न सकिने जनाउँदै सङ्कटको यो बेलामा सहयोग गर्न चाहने जो कोहीलाई खातामा रकम जम्मा गर्न अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्