मणिराम दाहाल –
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित वडा कार्यालय १० ले लकडाउनमा समस्यामा परेका गरिब घर परिवारका लागि राहत सामग्री वितरण सुरु गरेको छ ।
मङ्गलवार वडाको विपथ व्यवस्थापन मार्फत पहिलो चरणमा ४ सय २० घरका लागि राहत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्रबहादुर थापा राजेशले बताए । उनले वडा कार्यालय मार्फत अति गरिब, सहारा नभएका, वृद्धवृद्धा साथै खाद्यान्न जुटाउन नसकी छटपटाइ रहेका दैनिक ज्वालादारी गरेर खाने विपन्न परिवारलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए ।
वडाध्यक्ष र केही जनप्रतिनिधि घरघरमै पुगेर खाद्यान्न सामग्री वितरण गरेको बाँकी ठाउँमा चाँडै राहत पुर्याउने योजना रहेकोले वडामा राहत वितरणका लागि करिब ७ सय भन्दा बढी घरपरिवार रहेको वडा सदस्य नगेन्द्र सुवेदीले बताए ।
लकडाउनका कारण दैनिक ज्यालामा काम गर्ने विपन्न र कसैको सहारा नभएका अति गरिब घरपरिवारमा दैनिक उपभोग्य वस्तु चामल, दाल ,नुन,तेल लगायत अति आवश्यक सामग्रीको अभाव हुन थालेकोले नगरपालिकाले यस तर्फ ध्यान दिएर चाडै राहत बढ्नु पर्ने केही नगरवासीहरूको भनाइ रहेको छ ।